खेती गरिने स्थानको हावापानी, माटो, बाली तथा जात छनौट, उत्पादन गर्ने समय, बजार माग, मूल्य एवं बजार पूर्वाधारले कृषि उपजहरुको व्यावसायिक उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कुन बाली कति परिमाणमा कहिले उत्पादन गर्ने, उत्पादन प्रक्रिया कस्तो हुने, उत्पादन कुन गुणस्तरको हुने, कहाँ बिक्री गर्ने र कति मूल्यमा बिक्री गर्ने जस्ता विषयहरुले कृषि व्यवसायमा महत्वपूर्ण अर्थ राख्दछ । अधिकांश कृषकहरू खेती व्यवसायमा बजारमूखी एवं नाफामूलक उत्पादन गर्न चाहन्छन् । तर, प्राविधिक ज्ञान, सीपको कमी, जोखिम लिने क्षमताको कमी र प्रतिफलको अनिश्चितता जस्ता कारणहरूले खेती व्यवसायबाट अपेक्षाकृत लाभ लिन सकिरहेका हुँदैनन् । कृषक वा उद्यमीहरूले कुनै व्यवसाय वा उद्यम सञ्चालन गर्नुपूर्व बजार सम्भाव्यता, उत्पादनस्तर, सम्भावित खर्च, पुँजीको आवश्यकता, कानुनी पक्ष, सम्भावित अवसर तथा जोखिमहरू बारे राम्ररी बुझ्नु जरुरी हुन्छ । यिनै विषयहरूलाई समेटी विकास गरिएको योजनालाई नै व्यवसाय योजना (Business Plan) भनिन्छ । व्यवसाय योजनालाई व्यवसाय स्किम (Business Scheme) पनि भन्ने गरिन्छ । यसरी व्यवसाय योजनालाई कुनै उद्यम वा व्यवसायको मार्गचित्र (Road Map) तथा रूपरेखा (Blue Print) को रूपमा लिइन्छ । व्यवसाय योजनामा कति परिमाणमा उत्पादन गर्ने, कहिले र कहाँ बिक्री गर्ने, लक्षित ग्राहक को हुने, उत्पादन लागत कति लाग्ने हो, साथै पूँजीगत लगानी कति हुने हो भन्ने जस्ता विषयहरू उल्लेख गरिएका हुन्छन् । नेपालमा व्यवसाय योजना विभिन्न उद्देश्यको लागि बनाउने गरिएको छ । कसैले यसलाई बैंकबाट ऋण लिने प्रयोजनको लागि बनाउने गरेका छन् र कसैले वैधानिक दर्ता (Legal Registration) प्रयोजनको लागि यसको प्रयोग गर्ने गरेका छन् । तथापि, व्यवसाय योजना व्यवसाय सञ्चालनको पथ प्रदर्शक (Operational Guideline) को रूपमा आफ्नै प्रयोगको लागि तयार गरिन्छ ।

व्यावसायिक योजना तयार गर्दा सामान्यतया चार संभागहरू समावेश गरिएको हुन्छ :

  1. उत्पादन योजना
  2. बजार योजना
  3. खर्च योजना
  4. वित्तीय योजना तथा विश्लेषण

यसको अलावा, सम्बन्धित उद्यमको बारेमा छोटो विवरण पनि यसमा समावेश गरिन्छ ।

कृषि तथा पशुपन्छी व्यावसायिक योजना सफ्टवेयर प्रणाली कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, बागमती प्रदेशले मातहतका कार्यालयहरु बाट कृषकमाझ व्यावसायिक योजना निर्माण गरिदिनको लागि तयार गरेको सफ्टवेयर प्रणाली हो ।

कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, बागमती प्रदेश मातहतका कार्यहरुले User Credentials को लागि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।


For Any queries regarding software:

Manshi Jaiswal
Communication Executive
DreamWork Solution
Mobile: 9855036603
jaiswalmanshi67@gmail.com
itchitwan@gmail.com